
दाङ, २४ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० मा कृषि, पर्यटन तथा व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ हुने भएको हो ।
नारायणपुरमा हाटबजार व्यवस्थापनकालागी आयोजना गरिने महोत्सवका विषयमा बिहीबार नारायणपुरमा बृहत् छलफल भएको छ । नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले महोत्सव सफल बनानकालागी लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, राजनितिक दलका प्रतिनिधि, वस्तुगत समितिका प्रमुख, पत्रकार, सामाजिक संंस्था लगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको संयोजकत्वमा १०१ सदस्यीय महोत्सव आयोजक मूल समिति गठन गरिएको छ ।
यस्तै नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा संयोजक र पूर्वअध्यक्षहरू दानबहादुर बुढाथोकी, प्रकाशकुमार न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल), गोपालप्रसाद लम्साल सदस्य रहेको अनुगमन समिति र निवर्तमान अध्यक्ष महेन्द्रकुमार दाहाल संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
मूल समितिले उपसमितिहरू गठन गर्ने छ । कार्यक्रमको सहजिकरण संघका महासचिव बसन्त न्यौपानेले जानकारी दिए ।















प्रतिक्रिया