३० आश्विन २०८३, शुक्रबार

क्षेप्यास्त्र हान्न चीनले सीमा जल क्षेत्रमा कृत्रिम द्वीप बनाएपछि छिमेकीलाई चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

southchinaseaहनोइ (भियतनाम), ८ जेठ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले शुक्रबार दक्षिणी चीन जल क्षेत्रका क्षेत्रीय विवादका विषयमा शान्तिपूर्ण समाधान प्राप्त गर्न शुक्रबार आग्रह गर्नुभएको छ । यस क्षेत्रमा चीनको बढ्दो अग्रताका कारण उसका साना छिमेकी चिन्तित बनेका छन् ।

हनोइमा महासचिव बानले भियतनामी राष्ट्रपति ट्रुवङ टान साङसँग क्षेत्रीय तनावका साथै सुरक्षा चासोका विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले आफूले सम्बन्धित सबै पक्षलाई उनीहरूको विवाद अन्तर्राष्ट्रिय कानुनसँग मिल्दो रूपमा वार्ताद्वारा समाधान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले तनाव उत्पन्न गराउने तथा उत्तेजित गर्ने कार्य हुननदिनु महत्वपूर्ण भएको बताउनुभयो ।

सो क्षेत्रमा चीनले आफ्नो सुरक्षार्थ क्षेप्यास्त्र समेत तयारी अवस्थामा राखेको बताईको छ । केही दिनअघि सो क्षेत्रमा अमेरिकी विमानले जासुसी गरेको समाचार पनि बाहिर आएको थियो ।

राष्ट्रपति साङले एक संयुक्त पत्रकार सम्मेलनमा आफूले महासचिव बान तथा संयुक्त राष्ट्र सङ्घलाई यी विवादमा शान्तिपूर्ण समाधान प्राप्त गर्न सक्रिय योगदान दिन आग्रह गरेको बताउनुभयो ।

चीनले व्यापक भूमि दाबीका माध्यमबाट यस क्षेत्रमा नयाँ कृत्रिम द्वीप सिर्जना गरिरहेको बताइएको छ भने फिलिपिन्सका साथमा भियतनामले यस कार्यको आलोचना गरेका छन् । यस क्षेत्रका भूमि दाबी गर्ने मुलुकमा मलेसिया, ब्रुनाइ तथा ताइवान पनि परेका छन् ।

महासचिव बानले भियतनामले संयुक्त राष्ट्र सङ्घमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । रासस/एपी