३ कार्तिक २०८३, मंगलबार

मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले संघीयता कार्यान्वयनमा समस्या देखापर्न थालेको भन्दै यसलाई सवल र मजबुद बनाएर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताएका हुन् ।

प्रचण्ड मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिए ।

अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।