३ कार्तिक २०८३, मंगलबार

उपचुनावमा व्यक्तिगत गालीगलौज होइन एजेण्डामा आधारित बहस गरौँ : केपी ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिलाई सही बाटोमा लैजान गालीगलौज नभइ एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउँदै एजेण्डामा आधारित बनाउनुपर्ने बताएका हुन् ।

उनले गत मंसिरको आमचुनावका बेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका छन्।

तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ।

‘वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !,’ अध्यक्ष ओलीले लेखेका छन् ।