
काठमाडौं, २३ चैत । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलीय सत्तागठबन्धनको बैठकले आज साँझ पाँच बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।















प्रतिक्रिया