
काठमाडौं, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
उनीहरुलाई ७ वटा कोठाबाट नियन्त्रणमा लिइएको हो । उक्त परीक्षा केन्द्रमा ११ वटा कक्षा रहेका छन् । उनीहरुलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका-१९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेका छन् ।















प्रतिक्रिया