२८ आश्विन २०८३, बुधबार

उडिरहेको जहाजको ककपिटमा गोमन सर्प निस्किएपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । उडिरहेको एक विमानको ककपिटमा सर्प निस्किएको छ ।

ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि उडिरहेको जहाजको ककपिटमा गोमन सर्प भेटिएको हो । ककपिटमै सर्प निस्किएपछि पाइलट रूडोल्फ इरास्मसले जहाजलाई आकस्मिक अवतरण गराएका थिए ।

पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो-चिसो मशसुश गरेका थिए। सुरूमा उनले यो पानीको बोतल होला भनेर वास्ता गरेनन्। जब उनले बायाँतिर फर्केर तल हेरेँ गोमन सर्प सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए। जहाज थप चार जना यात्रु थिए। गोमन सर्प विषालु सर्पमा पर्छ । गोमन सर्पको टोकेको केही समयमै उपचार नपाए मानिसको मृत्यु नै हुन्छ ।