
काठमाडौं, २३ चैत । अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका–१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् ।
बुधबार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र–१–०२–००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया