१ मंसिर २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दैछ ।

दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा “सावर्जनिक सेवा प्रसारण विधेयक, २०७८” र “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजकै बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “लोक सेवा आयोगको त्रिसट्ठीऔं वार्षिक प्रतिवेदन (२०७८ श्रावण – २०७९ आषाढ)” पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।