
काठमाडौं, २३ चैत । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
बैंकले अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेशकुमार झा उपस्थित रहेका थिए भने अस्पतालको तर्फबाट सभापति नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत उपस्थित थिए ।
एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।












प्रतिक्रिया