३० कार्तिक २०८३, सोमबार

उपनिर्वाचनः आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । उपनिर्वाचन निर्वाचन कार्यतालिका अनुसार आज बिहीबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन लागेको उपनिर्वाचनमा क्रमशः २४ जना, ९ जना र ३६ जना गरी ६९ जनाले उम्मेदवारी दिएका छन् ।

तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । लामिछानेले पुनः चितवन–२ बाटै उम्मेदवारी दिएका छन् ।

उपनिर्वाचनको लागि आउँदो बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।