३० कार्तिक २०८३, सोमबार

बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बझाङ । बझाङमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान बुंगल गाउँपालिका-१० टुमेडाबाट बुंगल-११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

घटनास्थलमा खोजीका क्रममा थप एक जना बुगल नगरपालिका–१० बस्ने चार वर्षीया रियास महराको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । यसअघि तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

यसअघि बुंगल नगरपालिका-१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको शव भेटिएको थियो। अटो सडकबाट करिब नौ सय मिटर तल खसेको थियो।

अटो चालक बुंगल नगरपालिका-११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरी नियन्त्रणमा लिएको छ।