
कालिकोट, २३ चैत । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा एमाले बाहेक अरु कम्युनिष्ट पार्टी नरहेको बताएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिकामा बुधबार आयोजित जनभेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको आवरणमा अरु धेरै पार्टी खडा भए पनि नेपालमा सच्चा कम्युनिष्ट पार्टी एमाले मात्रै भएको बताए ।
कालिकोटका जनता जंगलको बाघजस्तो एमालेभन्दा घरको बिरालोजस्तो माओवादी र अन्य पार्टीहरू बलियो हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने र एमालेलाई चिन्नुपर्ने बताउँदै उनले अब माओवादी केन्द्र सकिएको र त्यसको भर नपर्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी र राप्रपालगायत पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका दर्जनौं नेता तथा कार्यकर्ताहरूलाई उपमहासचिव गुरुङले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्यद्वय गोरख बहादुर बोगटी र डा.शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया