१ कार्तिक २०८३, आइतबार

खेलकुद राष्ट्रको पहिचान स्थापना गराउने महत्त्वपूर्ण माध्यम होः मुख्यमन्त्री कार्की

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट प्रदेश र राष्ट्रको पहिचान स्थापना गराउने महत्त्वपूर्ण माध्यम भएको बताएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश खेलकुद विकास बोर्डद्वारा बुधबार यहाँ आयोजित विभिन्न विधाका खेलाडी सम्मान कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै उनले सरकार यस क्षेत्रको विकासका लागि भौतिक संरचना, खेलकुद प्रतियोगिता, प्रशिक्षक एवं प्रशिक्षणको व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताए ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडि प्रत्येक दुई वर्षमा प्रदेशस्तरीय खेलकुदको आयोजना गर्ने जानकारी दिँदै यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए । मुख्यमन्त्री कार्कीले नेपालले क्रिकेटमा विश्वस्तरमा प्राप्त गरेको सफलतालाई ध्यानमा राखी विराटनगर नजिक रहेको बैजनाथपुरमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष बुद्धिकुमार राजभण्डारीले आगामी वर्ष खेलकुदको बजेट वृद्धि गर्ने बताउँदै खेलाडीले इमान्दार, लगनीशील र अनुशासित भई प्रदेश र राष्ट्रका लागि खेल्न आग्रह गरे ।

बोर्डका सदस्य सचिव हंशराज वाग्ले र सम्मानित खेलाडी सञ्जय राईले खेलकुदको महत्त्व बुझेको नेतृत्वमा रहेकाले खेलाडीले सम्मान प्राप्त गर्न सकेको धारणा राखे । अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दीपेश कँडेल ललित राजवंशी लगायत १० जना खेलाडीलाई रु पाँच हजारदेखि रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।