३ कार्तिक २०८३, मंगलबार

रवि लामिछानेको उम्मेदवारी खारेज नहुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज नहुने भएको छ ।

उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवार रहेका लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै परेका तीन वटा उजुरी खारेज भएसँगै उनको उम्मेदवारी कायम रहने भएको हो ।

रविको उम्मेदवारीकोविरूद्वमा परेका चारवटा उजुरीमध्ये निर्वाचन अधिकृतको कार्यालयले युवराज पौडेल सफलको उजुरी नलाग्ने निर्णय गरेको थियो भने बाँकी तीनवटा खारेज भएको हो ।

उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।