
काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेश गरेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार रहेको लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको थियो ।
लामिछानको उम्मेदवारीविरूद्व चारजनाको उजुरी परेकामा एकजनाको उजुरी भने खारेज भएको छ । युवराज पौडेल सफलले दिएको उजुरी नलाग्ने भएको हो ।
अब रविविरुद्ध स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले दिएको उजुरी निर्वाचन अधिकृतको कार्यालयले हेर्नेछ ।
कार्यालयले तीनवटा उजुरीको अध्ययन गरेर आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ ।















प्रतिक्रिया