३ कार्तिक २०८३, मंगलबार

बिस्का: जात्रामा यो वर्ष २७ वर्षीय सुजनले जिब्रो छेड्ने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

बिस्का: जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन्। जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ।

यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्। सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।

बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाए।