
काठमाडौं, २२ चैत । दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहण गर्ने भएका छन् ।
उनी सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोलुखुम्बुका लागि शुभकामनासहित बिदाई गरिएको छ ।
रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा जन्मिएका हरि पूर्व गोर्खा सैनिक हुन् । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । कृत्रिम खुट्टाको सहायतामा उनले सगरमाथा आरोहण गर्न लागेका हुन् ।
आफूजस्तै हातखुट्टा भएकाहरूको आत्मविश्वास जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।
उनले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गरिसकेका छन् ।















प्रतिक्रिया