
काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्वाको आज सुनुवाई हुँदैछ ।
मंगलबार हेर्न नमिल्नेमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो । लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
पौडेलले रविलाई राहदानी विवादमा सफाइ दिने निर्णय गरेका महान्याधीवक्ताको कार्यालय, प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालय लगायतलाईसमेत प्रतिवादी बनाएका छन् ।















प्रतिक्रिया