३ कार्तिक २०८३, मंगलबार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज, के आउला फैसला ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्वाको सुनुवाई आज हुँदैछ । लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

सन्दीपमाथि नाबालिका बलात्कारको आरोप लागेको छ । यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधिस माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपलाई गत कात्तिक १९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो।

घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।