३ कार्तिक २०८३, मंगलबार

मेयर हर्कसँग भेटेपछि बालेनले लेखे- ‘सिलाम साक्माले’ मृत्युको बाटो छेके झैँ विकाशको बाटो कसैले छेक्न नसकोस्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच काठमाडौंमा भेट भएको छ ।

भेटमा दुईजना मेयरले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइ दिएका छन् । दुई जनाले बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको सलाम साक्मा साटा साट गरेका हुन् ।

भेटपछि मेयर बालेनले सामाजिक सञ्चालमा तस्वीर सार्वजनिक गर्दै साहले साक्माले मृत्युको बाटो छेके झैँ नेपालको विकासको बाटो कसैले नछेकोस भन्दै लेखेका छन् ।

मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिने सिलाम साक्मा भनेको लिम्बु भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ भन्नाले रोक्नु हो ।

यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा यसलाई लिने गरिएको छ ।