३ कार्तिक २०८३, मंगलबार

सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन सकेन: सभामुख घिमिरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षाले देशको भविष्य निर्धारण गर्ने भएकाले मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका हुन् ।

सभामुखले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको उल्लेख गरे । संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानून पनि प्रभावकारी कार्यान्वयन नभएको धारणा घिमिरेले राखे ।

सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको र त्यसलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको आयोजक सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ ।