
काठमाडौं, २१ चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर मेयर साम्पाङसहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटका क्रममा मेयर सम्पाङको टोलीले खानेपानीको समस्या समाधानका लागि बजेट बिनियोजन गर्न माग गरेका छन् ।
कोशी नदीको पानी धरान लैजान बजेट उपलब्ध गराउन प्रधानमन्त्रीलाई मेयरको टोलीले माग गरेको हो ।
धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी धरान लैजानका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको हो।















प्रतिक्रिया