७ कार्तिक २०८३, शनिबार

एकैदिन १ हजार बढ्यो सुन, यस्तो छ आजको मूल्य

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । साताको तेस्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

सोमबार एकहजार रुपैयाँले घटेको छापावाल सुन मंगलबार एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।