
काठमाडौं, २१ चैत । सामाजिक सञ्जाल ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् ।
मस्कले ट्वीटरको निलो चरा अंकित लागोलाई परिवर्तन गर्दै कुकुर (डगी) राखेका छन् ।

मस्कले आफ्नो ट्वीट ह्याण्डलमा एक कुकुरको कार्टुन समेत राखेका छन् । उनको कार्टुनले चराको लोगो पुरानो भएकाले नयाँ लोगो प्रयोग गरिएको देखाउँन खोजेको देखिएको छ ।
मस्कले लागो परिवर्तन गरेपछि प्रयोगकर्ताहरू आक्रोशित बनेका छन् ।
विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक समेत रहेका मस्कले गत अक्टोबरमा ट्वीटर खरिद गरेका थिए । ट्वीटर मालिक बनेसँगै उनी ट्वीटरको विषयमा आलोचित बन्दै आएका छन् ।
मस्कले मस्कले ट्वीटरका आधा कर्मचारीलाई बर्खास्त गर्ने, पत्रकारहरूलाई प्रतिबन्ध लगाउने र पहिले निः शुल्क सेवाहरूको लागि शुल्क लगाउने लगाएतका कामहरु गर्न खोजेपछि प्रयोगकर्ताहरु आक्रोशित बन्दै आएका छन् ।












प्रतिक्रिया