
काठमाडौं, २० चैत । सेन्ट पिटर्सबर्गको एक क्याफेमा भएको विस्फोटनमा परेर एक प्रभावशाली रुसी सैन्य ब्लगर भ्लाद्लेन तातार्स्कीको मृत्यु भएको छ ।
उनी युक्रेनमाथि रुसले सुरु गरेको युद्धको प्रखर समर्थक थिए। उक्त घटनालाई हत्या मानेर अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।
स्ट्रीट फुड बार नम्बर वनमा भएको विस्फोटनमा कम्तीमा २५ जना घाइते भएको बताइएको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओमा विस्फोटन भएको र घाइते मानिसहरू देखिन्छ।
तर उक्त घटनाका लागि को जिम्मेवार छ भन्ने चाहिँ अझै स्पष्ट हुन सकेको छैन।















प्रतिक्रिया