
काठमाडौं, २० चैत । जारी माध्यामिक शिक्षा परीक्षा एसईईमा चिट चार्न सहयोग गर्ने बुबा पक्राउ परेका छन् ।
धनुषास्थित जनता मा.वि परीक्षा केन्द्रमा झ्यालबाट चिट चार्न सघाइरहेकाबेला प्रहरीले सहिदनगर नगरपालिका–७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डललाई पक्राउ गरेको हो ।
उनले नेपाली विषयको चिट चार्न सघाइरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि थप अनुुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया