३ कार्तिक २०८३, मंगलबार

मनोनयन दर्तापछि रविले भने- अनौठो लागिरहेको छ तर निर्वाचनका लागि उत्साहित छु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू उपनिर्वाचनका लागि उत्साहित भएको बताएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदै लामिछानेले यो पटक आफूलाई केही अनौठो लागेपनि उत्साहित रहेको बताएका हुन् ।

‘अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्त्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु,’ उनले भने ।