३० कार्तिक २०८३, सोमबार

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २० चैत । नेकपा (एमाले)ले बारा–२ को उपनिर्वाचनका लागि पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

बैशाख १० गते हुने उपनिर्वाचनमा एमालेले पूर्वमन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  उपनिर्वाचनको लागि आज सो क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ ।

यसअघि गत मंसिर ४ गते भएको निर्वाचनमा बारा–२ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।