३० कार्तिक २०८३, सोमबार

सत्तारुढ नागरिक उन्मुक्तिले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार दिने भएको छ ।

१० दलीय सत्ता गठबन्धनमा रहेको उन्मुक्तिले कुनै पनि दललाई समर्थन नगरी आज तनहुँ–१, बारा–२ र चितवन–२ मा उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।

उन्मुक्तिले तनहुँ– १ मा भीम सुनार, चितवन–२ मा राजेश अधिकारी र बारा–२ मा रिजवान अन्सारीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

बैशाख १० गते हुने उपनिर्वाचनको लागि आज सो क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्म समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।