
दमौली, २० चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा आज सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले समय निर्धारण गरिएको हो ।
कार्यालयका अनुसार नेकपा (एमाले)लाई बिहान ११ बजे, नेपाली कांग्रेसलाई मध्यान्न १२ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे, नेकपा (एकीकृत समाजवादी)लाई १ः३० र नेकपा (माओवादी केन्द्र)लाई दिउँसो २ बजे समय निर्धारण गरिएको छ । अन्य राजनीतिक दललाई समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया