३० आश्विन २०८३, शुक्रबार

अमिताभ बच्चनलाई निशाना बनाई गोली चल्दा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitabh-bachhan
मुम्बई । मुम्बई स्थित फिल्म सिटी बाहिर गोली चलेको खबर वाहिर आएको छ ।

अमिताभ वच्चनले सुटिङ गरिरहेको समय मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको समाचारमा जनाईएको छ । अमिताभले ट्वीट गरी गोली चलेकोबारे जानकारी दिएका हुन् । अमिताभको ट्वीट अनुसार गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

अमिताभले सुटिङ गरिरहेको स्थानभन्दा २० फिट पर गोली चलेको हो । फिल्म सिटीको गेटबाट गोली हानेर उनीहरु फरार भएको समाचारमा जनाईएको छ । गोली हान्ने व्यक्तिलई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन ।

गोली चल्नुको कारण अझै खुल्न सकेको छैन । अमिताभले यस्तो ट्वीट गरेपछि उनका फ्यानहरु दुःखीत बनेका छन् । र, अमिताभलार्इ सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेका छन् । एजेन्सी ।