
सिन्धुपाल्चोक, १९ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले महिला मुक्तिको सच्चा संवाहक नेकपा एमाले मात्र रहेको टिप्पणी गरेका छन् ।
मिसन ग्रासरुट अभियान अन्तर्गत (एमाले) बलेफी गाउँपालिकाद्वारा खाडीचौरमा आयोजित वृहत् महिला भेलामा उनले महिला मुक्ति एमालेबाट मात्र सम्भव हुने बताएका हुन् ।
‘प्रथम महिला राष्ट्रपति एमालेले बनायो, राज्यका हरेक निकायमा ३३% महिला प्रतिनिधित्व एमालेको अगुवाइमा शुरू भयो,’ उनले भने ।

सर्मिला कायस्थको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटी पुनर्गठन गरेको सो भेलामा प्रदेश कमिटी सदस्य होमनारायण श्रेष्ठ, राष्ट्रिय परिषद सदस्य कार्केल लामा, पालिका कमिटी अध्यक्ष नारायणकाजी श्रेष्ठ, महिला नेतृ कमला कायस्थ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बाह्रबीसे नगरपालिकाको आयोजनामा पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमालेको मार्गदर्शक सिध्दान्तबारे एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई र जबज र पार्टीको दशौं महादिवेशनको कार्यदिशाबारे अर्का केन्द्रीय सदस्य सोम मिश्रले प्रशिक्षण दिएका थिए ।















प्रतिक्रिया