
काठमाडौं, १९ चैत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी यसअघि गठन गरिएको कार्यदलको प्रतिवेदन लुकाउन नखोजिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पहिलेको कार्यदलको प्रतिवेदनको आधारमा अहिले गठन गरिएको नयाँ आयोगले काम गर्ने धारणा राखे ।
पहिलेको कार्यदलको प्रतिवेदन लुकाउन खोजिएको होइन, बरु त्यसको आधारमा आयोगले काम थाल्छ,’ उनले भने, ‘सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोग नै गठन गरेर काम अघि बढाउँछ ।’
मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष भएको बताउँदै श्रेष्ठले यसको अन्त्यको अर्को विकल्प नभएको बताए ।















प्रतिक्रिया