३ कार्तिक २०८३, मंगलबार

सांसद निशाको प्रश्न- झगडा भइरहने प्रधानमन्त्री र सभामुखको कुर्सी कुन देशबाट आएको हो ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताएकी छिन् ।

आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डाँगीले प्रधानमन्त्री, सभामुख र आफू बसेको संसदको कुर्सी कुन देशबाट आएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।

‘म बस्ने कुर्सी कुन देशबाट आएको हो ? कुर्सीका लागि जुन झगडा हुन्छ, त्यो प्रधानमन्त्री र सभामुखको कुर्सी कुन देशबाट आएको हो ?,’ डाँगीले प्रश्न गरिन् ।

उनले सरकारले आन्तरिक उत्पादन बढाउन के कस्ता योजना बनाएको छ जानकारी गराउन पनि आग्रह गरेकी छिन् ।

यस्तै उनले सिंहदरबार, बालुवाटार, शीतलनिवास र संसदको क्षेत्रलाई आत्मनिर्भर क्षेत्र घोषणा गर्न पनि माग गरेकी छिन् । यी स्थानमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म । कलम देखि कापीसम्म सबै नेपाली प्रयोग गर्न उनले संसदको ध्यानकर्षणसमेत गराएकी छिन् ।