
काठमाडौं, १९ चैत । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सरकारले फेरि मिटरब्याजीहरुमाथि धोकाधडी गरेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गैरेले यसअघिको आयोग खारेज गरेर सरकारले अर्को नयाँ आयोग गठन गरेर पीडितलाई अल्मल्याउने काम गरेको टिप्पणी गरे ।
सरकारले यसलाई सच्याएर पुरानै आयोगको सुझावअनुसार पीडकमाथि कारबाही हुनुपर्ने उनले बताए ।















प्रतिक्रिया