
काठमाडौं, १९ चैत । नवनियुक्त जनता समाजवादी पार्टीकी प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
आज बिहान सभामुख देवराज घिमिरेले अन्सारीलाई सपथ गराएका हुन् ।
शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।
निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो ।















प्रतिक्रिया