
काठमाडौं, १९ चैत । नेपाली काँग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सघाउने निर्णय गरेको हो । बारा-२ मा जसपाका अध्यक्ष यादव नै उम्मेदवार बन्दैछन् ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।















प्रतिक्रिया