
काठमाडौं, १९ चैत । सर्वप्रथम नेपालीका लागि अमेरिका पुग्न नै त्यति सजिलो छैन । त्यसका लागि अनेक दु:ख कष्ट सहनुपर्छ ।
त्यसमाथि अमेरिकी सरकारमै रहेर काम गर्न पाउनु त असम्भव जस्तै लाग्छ । तर गुल्मीका सुरेश बस्नेतले त्यो मौका पाएका छन् ।
उनी अमेरिकी उर्जामन्त्रीको सहायकमा नियुक्त भएका हुन् । पुल्चोक क्याम्पसबाट इञ्जिनियरिङमा स्नातक गरेका उनी नवीकरणीय ऊर्जासम्बन्धमा सल्लाह र सहयोग गर्न मन्त्रीको सहायकमा नियुक्त भएका हुन् ।
उनी अमेरिकी ऊर्जामन्त्री जेनिफर ग्रामहोमको सहयोगीको रूपमा रहनेछन् ।















प्रतिक्रिया