३० कार्तिक २०८३, सोमबार

बहुमूल्य मुर्ति चोरीको विरोधमा दुई घण्टा चापागाउँ बन्द

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । बहुमूल्य प्राचिन भगवानका मुर्ति चोरी भएको विरोधमा आज आइतबार सम्पदा संरक्षण महाअभियानले ललितपुरको चापागाउँ दुई घण्टा बन्द आह्वान गरेको छ ।

महाअभियानले बिहान ८ देखि १० बजेसम्म चापागाउँ बन्द आह्वान गरेको हो । बिहानै सडकमा उत्रिएका अभियन्ताले यातायात आवागमन अवरुद्ध गरेका थिए ।

सम्पदा संरक्षणमा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले सडकमा नाराजुलुस गरेका थिए । करिब दुई घण्टाको अवरोधपछि उनीहरु ज्ञापन पत्र लिएर प्रहरी वृत चापागाउँ पुगेका थिए । चापागाउँ क्षेत्रका प्राचित मर्ति चोरी भएर अमेरिका, युरोप पुगेको विषयमा उनीहरुले प्रहरीलाई ध्यानाकर्षण गराएका छन् ।

महाअभियानका संयोजक यादवलाल कायस्थले हजारौं वर्ष पुराना मुर्ति चोरी भएको विरोधमा चापागाउँमा सांकेतिक रुपमा दुई घण्टा बन्द गरिएको बताए ।

उनले भने,‘हामी कहाँ हजारौं वर्ष पुराना भगवानका मुर्ति छन् । तर, ती धामाधम चोरी भएर युरोप र अमेरिका पुगेका छन् । बहुमूल्य ती मुर्ति चोरी संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक विरोध कार्यक्रम गरेका हौं । यहीक्रममा चापागाउँ दुई घण्टा बन्द गरेका हौं ।’