३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा भालुको आक्रमणबाट एकजना घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ चैत । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावर भालुको आक्रमणबाट परेर एकजना घाइते भएका छन् ।

शनिबार गाउँपालिका ६ पर्तापुर स्थित राष्टिय निकुञ्ज बफरजोनको क्षेत्रमा भालुको आक्रमणबाट स्थानीय ४३ वर्षीय बलबहादुर राई घाइते भएका हुन् । गाउँका गाई भैसीहरुलाई जंगलमा चराउन पठाइएकोमा फर्केर नआएपछि खोज्न गएका राईलाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

बलबहादुरसँगै गएका ३५ वर्षीए जय राईलाई भने भालुले आक्रमण नगरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

भालुको आंक्रमणमा परेका बलबहादुरको टाउको र हातमा चोट लागेको छ । उनलाई उपचारको लागी भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।