
काठमाडौं, १९ चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, आजको बैठकमा बारा-२ मा हुने उपनिर्वाचन बारे निर्णय हुने बताइएको छ । यसअघि कांग्रेसले चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिसकेको छ ।
कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि दलहरुले उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन् । निर्वाचन आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार चैत २० गते भोलि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।












प्रतिक्रिया