
काठमाडौं, १८ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गतका विभिन्न कार्यक्रमहरूमा पार्टी प्रवेशको लहर चल्न थालेको छ ।
आज हुम्ला र कास्कीका स्थानीय तहहरूमा भएका कार्यक्रमहरूमार्फत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
काठमाडौं
मिसन ग्रासरुट अभियानअन्तर्गत काठमाडौको तारकेश्वर नगरपालिकामा नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव गोकर्ण बिष्टले एमाले बिरूद्व देशी र विदेशी प्रतिक्रियावादी शक्ति लागि परेको र त्यस्ता प्रतिक्रियावादी र जनबिरोधी तत्वलाई परास्त गर्न पार्टी संगठन बलियो बनाउनुपर्ने बताउनुभयो । मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउँदै उहाँले एमालेबिना मुलुकमा राजनीतिक स्थायित्व र विकास नहुने स्पष्ट पार्नुभयो । मिसन ग्रासरूट अभियानले एमालेलाई बलियो र सशक्त शक्ति बनाउने उहाँको भनाइ छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रुक्मणि राना, प्रदेश सदस्य हरि अधिकारी, जिल्ला सदस्य उद्धव भण्डारीलगायत नेताहरूको उपस्थिति थियो ।
बर्दिया
मिसन ग्रासरुट अभियानअन्तर्गत बर्दियाको गेरुवा गाउँपालिकामा पालिकास्तरीय प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा भेला आयोजना गरिएको हो ।

कार्यक्रममा नेताहरू लक्ष्मण ज्ञवाली, सूर्य ढकाल, विमला विक, लिला राना, लालबहादुर श्रेष्ठ, सालिकराम अधिकारी, शान्ति चौधरी र कृष्णिकुमारी थारुलगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
हुम्ला
हुम्लामा माओवादी केन्द्रका जिल्ला समन्वय कमिटीका सदस्य कृष्ण कार्की (परिवर्तन) सहित सर्केगाड गाउँपालिकाका विभन्न ८ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले जिल्ला कमिटी हुम्लाले सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा आयोजना गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत मध्यावधि समीक्षासहित आयोजित आमसभामा उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

माओवादी केन्द्रबाट जिल्ला संगठन समन्वय समितिका सदस्य कार्कीसहित सर्केगाड गाउँपालिका ४ सायाँका पत्तबहादुर शाही, वडा नम्बर ५ गोठीका प्रकाश शाही, सर्धन शाही, शान्ता शाही र वडा नम्बर ८ का धनलाल विक एमालेमा प्रवेश गर्नुभएको हो ।
यसैगरी नेपाली कांग्रेसबाट सर्केगाड गाउँपालिका ५ गोठीका नवराज शाही, कल्पना छत्याल (शाही), धनपुरी विक र लट्टु सिंह पनि एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले जिल्ला सचिव तिर्थराज बोहराले दिनुभयो । उहाँका अनुसार सर्केगाड गाउँपालिका ८ रोडिकोटका बकेन्द्र जैशी र बाँचकली जैशी एकिकृत समाजवादी पार्टी परित्याक गरेर एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशी दशैजनालाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीले अविर र खादा लगाएर एमाले पार्टीमा स्वागत गर्नुभयो ।
संखुवासभा
मिसन ग्रासरुट अभियानअन्तर्गत संखुवासभाको खाँदबारी नगरपालिकामा नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्यद्वय बिनोद ढकाल र विष्णुमाया विकलगायत केन्द्रीय सल्लाहकार, प्रदेश सदस्य र सल्लाहकार, जिल्ला कमिटी र सल्लाहकारहरूका साथै खाँदबारी नगर क्षेत्रभित्रका कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको थियो ।
म्याग्दी
मिसन ग्रासरुट अभियानअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जनप्रतिनिध र पार्टीबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य मनकुमारी जिसीको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य चन्द्र मोहन गौचन, प्रदेश सचिबालय सदस्य हरिकृष्ण श्रेष्ठ लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा मिसन ग्रासरुट कार्यक्रमलाई सांगठनिक विस्तार र प्रशिक्षणमा केन्द्रीत गर्ने, संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्र बनाउने निर्णय भएको छ ।
कैलाली
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सह–इञ्चार्ज गणेश सिंह ठगुन्नाले मजदुरका मुद्दा एमालेले मात्र बोकेको बताउनुभएको छ । मिसन ग्रासरुटअन्तर्गत कैलालीको धनगढीमा आयोजित नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)को सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले मजदुर आन्दोलन एमालेका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

जनताको वास्तविक सरकार एमालेको नेतृत्वमा मात्र सम्भव रहेकाले आगामी निर्वाचनमार्फत एकल बहुमतको सरकार बनाउने उद्देश्यका साथ मिसन ग्रासरुट शुरु भएको उहाँले धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म राज पाठकले मजदुरका मुद्दामा एमालेबाहेकका दलहरूले कुनै काम नगरेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय निर्वाचन बिभाग सदस्य रणबहादुर चन्द, कैलाली जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले पनि धारणा राख्नुभएको थियो ।
तनहुँ
मिसन ग्रासरुट अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. १३ र १४ वडा कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विद्या भट्टराईको प्रमुख आतिथ्यता, १३ नं. वडा कमिटीका अध्यक्ष नुरबहादुर आलेको अध्यक्षतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

बैठकले अभियानलाई टोल–टोलसम्म पुर्याउन र गति दिनाका साथै आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टी गतिविधि र अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठक तथा प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि भट्टराईले निर्देशनात्मक र प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभयो थियो ।
यस्तै, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य विष्णुभक्त सिग्देल, प्रदेश कमिटी सदस्य देवीबहादुर बस्नेत, जिल्ला कमिटी सचिवालय सदस्य भुपेन्द्र कोईराला, जिल्ला सदस्य प्रकाश भट्टराई र कुलबहादुर थापा तथा व्यास नगरकमिटीका कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिन्धुपाल्चोक
मिसन ग्रासरुट अभियानअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १ मा वडास्तरीय भेला आयोजना गरिएको छ । वडा कमिटीका अध्यक्ष लालबहादुर तामाङको अध्यक्षतामा स्थानीय भोटेचौरस्थित चिसापानीमा सम्पन्न भेलालाई केन्द्रीय प्रतिनिधि समेत रहनुभएका पार्टी केन्द्रीय सदस्य माधव ढुंगेल र प्रदेश प्रतिनिधि माधव पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

भेलामा प्रदेश कमिटी सदस्यहरू अशोक चौलागाईं, डोल्मा तामाङ, मित्रलाल चौलागाई, जिल्ला कमिटी सदस्यहरू दुर्गा चालिसे, कृष्णमुरारी चौलागाई, हिरा चौलागाई, दिलबहादुर नेपालीलगायतको उपस्थिति थियो ।
जुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरकमिटीको समीक्षा बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्यता नवीकरण र नयॉ सदस्यता वितरणका विवरणहरू संकलन सुरु गर्ने निर्णय भएको छ ।
गोरखा
मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० को टोल कमिटीको बैठक बसेको छ । पार्टी केन्द्रीय सदस्य किशोर विक्रम मल्लको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष भवानी लामिछानेको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा प्रदेश कमिटी सदस्य सुरेन्द्र थापाण्, जिल्ला कमिटी सदस्यहरू मेनबहादुर अधिकारी, सन्जित श्रेष्ठ, सबिता बराम, रेनुका न्यौपाने लगायत नेताहरूको उपस्थिति रहेको थियो । बैठकले पार्टी सदस्यता नवीकरण गर्ने, घरधुरी पहिचान गरी पार्टी अभियानबारे जानकारी गराउने, टोलमा जनसङ्गठन गठन गर्ने र टोल स्तरीय भेला सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ ।
कास्की
नेकपा (एमाले) कास्की पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी विभिन्न नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले पोखरा ३३ वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूटअन्तर्गत वडास्तरीय विशेष अभिमुखीकरण कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो ।

प्रवेश गर्नेहरूमा नेकपा एकीकृत समाजवादीका कास्की जिल्ला कमिटी सचिबालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य, समाजबादी युवा संघ गण्डकी प्रदेश कमिटी सदस्य रविप्रसाद आचार्य, वडा कमिटी सदस्य मीनबहादुर नेपाली, प्रबिण आचार्य, सुमन पौडेल रामेश्वर बस्ताकोटी, कृष्णप्रसाद पौडेल सहितका दर्जन बढी नेता कार्यकर्ताहरू हुनुहुन्छ ।
उहाँहरूलाई एमाले केन्द्रीय कमिटी सदस्य तथा अभियानका पोखरा महानगर कमिटीका लागि केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, केन्द्रीय सदस्य बिद्या भट्टराई, पार्टीका प्रदेश कमिटी उप–सचिव रश्मि आचार्य, प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल सहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो ।

यसैगरी, अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं. २ मा वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य माया नाथ अधिकारीले स्थिरता, विकास र सम्वृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको चर्चा गर्दै यस अभियानले एमालेलाई थप सुदृढ बनाउने बताउनुभयो ।
वडा कमिटीका उपाध्यक्ष धर्मराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश कमिटी उपसचिव रश्मी आचार्य र प्रदेश सचिवालय सदस्य पुण्यप्रसाद पौडेलले प्रशिक्षणमूलक मन्तव्य तथा प्रदेश सचिवालय सदस्य शुशीला पराजुली र पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रामेछाप
मिसन ग्रासरुट अभियानअन्तर्गत रामेछापका विभिन्न पालिकाका वडामा भेला तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् । जिल्लाका मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी गाउँपालिकामाका विभिन्न वडाहरूमा अभियानअन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिएका हुन् ।
नेकपा एमाले रामेछापले दिएको जानकारी अनुसार पछिल्लो पटक मन्थली नगरपालिका–८ चिसापानीमा बागमति प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्ययता र वडा कमिटीका अध्यक्ष भुवनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी, वडा नं ६ भलुवाजोरमा वडा भेला सम्पन्न गरिएको छ । जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययता र वडा कमिटी अध्यक्ष विष्णु बुढाथोकीको अध्यक्षतामा भेला सम्पन्न गरिएको हो ।

यस्तै, खाँडादेवी गाउँपालिका–४ पकरवासमा नेकपा एमाले केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्यता तथा वडा कमिटी अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एमालेको दृष्टिकोणबारे प्रक्षिण दिइएको थियो ।
त्यस्तै, रामेछाप नगरपालिका–७ सुकाजोरमा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख अतिथियता र वडा कमिटी उपाध्यक्ष लीलाबहादुर मगरको अध्यक्षतामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नवलपुर
नवलपुर जिल्लामा जनसंगठनहरूको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य भिम कार्कीको प्रमुख आतिथ्यता र नेकपा एमाले नवलपुर सचिव एवम् जनसंगठन मोर्चा प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा जनसंगठनका जिल्ला अध्यक्षहरूले संगठनको सांगठनिक अवस्था, मिसन ग्रासरुटमा संगठनले खेलेको भूमिकाकोबारेमा रिपोर्टिङ्ग गर्नुभएको थियो । पार्टी संगठन विस्तारमा जनसंगठनको भूमिकाको बारेमा एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले सहजिकरण गर्नुभएको थियो । उहाँले नयाँ पुस्तालाई जनसंगठनमा आकर्षित गर्दै पार्टीमा आवद्ध गराउने रणनीतिका साथ काम गर्न निर्देशित गर्नुभयो ।
बैठकमा पार्टी केन्द्रीय लेखा आयोग सदस्य पद्मा जि.सी, पार्टी गण्डकी प्रदेश उपाध्यक्ष मोहनप्रसाद रेग्मी, प्रदेश सचिवाल सदस्य शोवियत ढकाल, पार्टीका विभिन्न कमिटीका पदाधिकारीहरूको सहभागिता थियो ।
नवलपुर
मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य चन्द्रमणि खरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, पार्टी नवलपुर सचिव एवम् मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध सुदढ हुनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ ।
चितवन
नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत चितवनको रत्ननगरमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सडकमा हुने विभिन्न खालका दुर्घटना न्यूनीकरणका लागि योगदान पुर्याउने उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन गरिएको एमालेले जनाएको छ ।

पार्टीको प्रदेश कमिटी सदस्य शम्भु सुवेदीको प्रमुख आतिथ्यता, नेकपा एमाले रत्ननगर नगरपालिका वडा नं. १ का अध्यक्ष दोवराज खत्रीको अध्यक्षता र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा रत्ननगर नगरपालिकाका मुख्य बजार क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य सुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्नेमा जोड दिनुभयो । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उहाँको धारणा छ । यस्तै, एमालेकी केन्द्रीय सल्लाहकार महादेवी खतिवडाले नेकपा एमालले हरेक क्षेत्रमा जनताको बीचमा यस्ता मत्वपूर्ण कार्यहरू गरिरहेको बतानुभएको छ । यसैबीच, नेकपा (एमाले) पार्टी कार्यालय रत्ननगरमा १७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।
काठमाडौं
धादिङको गल्छी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको तेस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । बागमती प्रदेश सम्पर्क कमिटीका सचिव उत्तम पाठकको प्रमुख आतिथ्यता र सम्पर्क मञ्चकी अध्यक्ष निता शाही बुढाथोकी (नितु) को अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रमहरू वडा सम्पर्क मञ्चहरूसम्म लैजाने निर्णय गरेको छ । बैठकमा बागमती प्रदेश सम्पर्क कमिटीका उपसचिव बिवेक शर्मा, सदस्य शम्भु अधिकारी धादिङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सञ्जिब पाण्डे, उपाध्यक्ष अर्जुन तिमल्सिना र सचिव कमल थापामगरलगायत नेताहरूको सहभागिता थियो ।















प्रतिक्रिया