
काठमाडौं, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत २६ गते धादिङ जाने भएका छन् ।
पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा हुने आमसभालाई सम्बोधन गर्न ओली सेर्तुङ जान लागेका हुन् ।

ओलिले उक्त सभालाई सम्बोधन गर्नाका साथै रुवी भ्यालीको पाङसाङ पास घुम्ने कार्यक्रम रहेको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए ।















प्रतिक्रिया