
काठमाडौं, १८ चैत । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमालेविरूद्व देशी र विदेशी प्रतिक्रियावादी शक्ति लागि परेको र त्यस्ता प्रतिक्रियावादी र जनबिरोधी तत्वलाई परास्त गर्न पार्टी संगठन बलियो बनाउनुपर्ने बताएका छन् ।
पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकामा आयोजित नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई जोगाउनका लागि एमाले बलियो बन्नुपर्ने बताएका हुन् ।

एमालेबिना मुलुकमा राजनीतिक स्थायित्व नहुने र विकासले गति लिन नसक्ने चर्चा गर्दै सचिव विष्टले मिसन ग्रासरूट अभियानले एमालेलाई बलियो र सशक्त शक्ति बनाउने विश्वास व्यक्त गरे ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रुक्मणि राना, प्रदेश सदस्य हरि अधिकारी, जिल्ला सदस्य उद्धव भण्डारीलगायत नेताहरूको उपस्थिति थियो ।















प्रतिक्रिया