
काठमाडौं, १८ चैत । नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नं. २ मा रामप्रसाद न्यौपाने र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि न्यौपाने र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बारा निर्वाचन क्षेत्र नं. २ मा भने आइतबार उम्मेदवार टुंगो लगाइने एमालेले जनाएको छ ।















प्रतिक्रिया