३० आश्विन २०८३, शुक्रबार

एमालेको मिसन ग्रासरुट अभियान : रत्ननगरमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ चैत । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत रत्ननगर एमालेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रत्ननगर नगरपालिकाका मुख्य बजार क्षेत्रमा आज शनिबार ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको रत्ननगर–१ का वडा कमिटी अध्यक्ष दोवराज खत्रीले जानकारी दिए । वडा नं. १ को कमिटीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको उनले बताए ।

पार्टीको प्रदेश कमिटी सदस्य शम्भु सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कसमटी सदस्य सुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्नेमा जोड दिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उनको धारणा छ ।

एमालेकी केन्द्रीय सल्लाहकार महादेवी खतिवडाले नेकपा एमालले हरेक क्षेत्रमा जनताको बीचमा यस्ता मत्वपूर्ण कार्यहरू गरिरहेको बताइन् । यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्नेमा उनको भनाइ छ । यस्तै, एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं. १ की इञ्चार्ज विमला देवी दुवाडीले रत्ननगरमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा सङ्केतहरू, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रत्ननगरको ट्राफिक सचेतना कार्यक्रम कोसेढुङ्गा साबित हुने बताउँदै उनले कार्यक्रमले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, एमाले जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं. १ का सहइञ्चार्ज शंकर गिरीले सडक बमोजिमको गति, ट्राफिक चिन्ह, सडक रेखा, दुर्घटनाका कारण, सुरक्षित दुरी लगायतका बिषयमा सचेतना कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, पार्टी जिल्ला लेखा आयोगकी सदस्य संगीता खनाल, अनेम संघ जिल्ला सचिवालय सदस्य नगरईन्चार्ज विष्णु नेपाल आचार्य, नगर कमिटी उपाध्यक्ष पुष्पराज जोशी, उप सचिव सागर मिश्र, सदस्य शालिग्राम पराजुली, रितु गिरी, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र दुवाडी, पार्टीका विभिन्न वडा तहका नेताहरूको उपस्थिति थियो ।

सो अवसरमा नेकपा (एमाले) पार्टी कार्यालय रत्ननगरमा १७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।