
काठमाडौं, १८ चैत । मिटरब्याज पीडित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनीहरुले प्रधानमन्त्री दाहाल समक्ष आफ्ना पीडा सुनाउने छन् ।
यसअघि पीडित र सरकार पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर, वार्ता विना निश्कर्ष टुंगिएको थियो ।
मिटरब्याज पीडित ११ दिन पैदल हिँडेर गत आइतबार काठमाडौं आइपुगेका थिए । गत २ चैतमा महोत्तरीबाट हिँडेका उनीहरु हेटौंडा–भीमफेदी हुँदै काठमाडौं आएका थिए ।
काठमाडौंमा उनीहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न खोजेका थिए । तर, काठमाडौं महानगरपालिकाले नदिएपछि उनीहरु खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसेका थिए । त्यसको भोलीपल्ट उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका थिए ।











प्रतिक्रिया