
मकवानपुर, १८ चैत । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँवस्तीमा एम्बुलेन्स दुर्घटना हुँदा त्यसका चालक घाइते भएका छन् ।
गएराति हेटौंडाबाट चितवन जाँदै गरेको ना२च४१६१ नम्बरको खाली एम्बुलेन्स आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक भरतपुर महानगर-१० बस्ने २६ वर्षीय राजु श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको खुट्टा र ढाडमा चोट लागेको र उपचारको लागि मनहरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ । हाल श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया