३० आश्विन २०८३, शुक्रबार

गाउँलाई नै नियन्त्रणमा लिएर गोली आक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ISIS-syria-iraq-state-islamic

नैरोवी, ८ जेठ । इस्लामिक बन्दुकधारको एक सशस्त्र समूहले उत्तरपूर्वी केन्याको एक गाउँलाई नै घेरा हालेर आक्रमण गरेको केन्याली गृहमन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सो आक्रमण सोमालियाली र अलकायदासँग आवद्ध आतङ्ककारी समूहले गरेको पनि जनाइएको छ ।

सोमालियाको सीमाक्षेत्रमा रहेको दुर्गम गाउँमा रहेको सो गाउँमा भएको आक्रमणमा के कति गाउँले मारिएका छन् भन्ने बारेमा भने समाचार प्राप्त हुन सकेको छैन ।

केन्याको क्षेत्रीय राजधानी गरिसादेखि ८० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त गाउँमा सो आक्रमण भएको जनाइएको छ ।

युम्बीस गाउँमा भएको सो आक्रमणका क्रममा सुरक्षाबलले पनि कारबाही सुरु गरेको गृह मन्त्रालयका प्रवक्ता मवेन्दा न्वजोकाले एक विज्ञप्ति मार्फत शुक्रबार बताउनुभएको छ ।

आतङ्ककारी समूहले गाउँ घेरा हालेर गरेको सो बन्दुकधारीको आक्रमणपछि लगत्तै सुरक्षाबल त्यहाँ पुगेको र यस कारबाहीको क्रममा हताहतको भने समाचार नभएको जनाइएको छ ।

सन् २०१३ मा केन्याको राजधानी नौरोबीमा रहेको वेस्ट गेट सपिङ्ग मलमा सेबाब आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ६७ व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी